
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आइतवार (आज) आयोजना गरिएको तेस्रो वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष कपिल ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।
सो अवसरमा संस्थाको आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, आ वा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको लघुवित्तले जनाएको छ ।
यसका साथै एन आई सी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ ।
त्यसैगरि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभाले पारित गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij