Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

सिरोहियालाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

सिरोहियालाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

  • काठमाण्डू । नागरिकता दुरुपयोगको उजुरीमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    images
    images
    images

    काठमाण्डूबाट मङ्गलवार नियन्त्रणमा लिएर प्रहरीले सिरोहियालाई राति नै धनुषा पुर्‍याएको थियो। उनलाई बुधवार म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । प्रहरीले सिरोहियालाई उनकै कार्यकक्षबाट पक्राउ गरेको विषयमा मिडिया सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन्।

    images

    नागरिकताबारे सिरोहियाविरुद्ध परेको उजुरीबारे अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले धनुषा जिल्ला अदालतबाट अनुमति लिएको थियो।

    सिरोहियाले नागरिकता दुरुपयोग गरेको भन्दै वैशाख तेस्रो साता प्रहरीमा जाहेरी परेको थियो । जाहेरी दिने व्यक्ति गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भएको विवरण विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

    प्रहरीले यसअघि अदालतमा पेस परेको विवरणमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij