Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

खाने तेलसहित खाद्यान्नको मूल्यमा उच्च वृद्धि

खाने तेलसहित खाद्यान्नको मूल्यमा उच्च वृद्धि

  • वीरगञ्ज । कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेलजस्ता खाद्यान्नको मूल्य बढेको हो ।

    images
    images
    images

    भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको उद्योगी सुरेश रूङ्गटाले बताए । विगत १ महीनायता चामलको भाउ किलोमै ४ रुपैयाँसम्म बढेको उनले बताए ।

    नेपालमा हुने चामलको अधिकांश उत्पादन भारतीय धानको भरमा छ । भारतबाट आउने धानको मूल्य प्रतिक्वीन्टल २०० रुपैयाँसम्म बढेको आयातकर्ताले बताएका छन् । विगतमा भारत सरकारले तोकेको समर्थन मूल्यभन्दा कम भाउमा धान पाइएकोमा अहिले महँगो परेको रूङ्गटाले बताए ।

    केही समयअधिसम्म १ हजार ८ सय रुपैयाँमा पाइएको धान अहिले भारतको सीमावर्ती शहर रक्सौलसम्म ल्याउन २ हजार रुपैयाँसम्म परेको उद्यमीले बताएका छन् । भारतमा धानको मसर्थन मूल्य १ हजार ८५० रुपैयाँ छ । धानको भाउ बढ्नुअघि २५ किलो कतर्नी चामलको कारखाना मूल्य १ हजार ४५० रुपैयाँसम्म रहेकोमा अहिले १ हजार ५५० सम्म पुगेको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले जानकारी दिए ।

    खानेतेलको मूल्यमा पनि उच्च वृद्धि भएको छ । भटमास र सूर्यमुखी तेल प्रतिलिटर ५० रुपैयाँसम्म बढेको ओसीबी फुडका सञ्चालकसमेत रहेको उद्योगी रूङ्गटाले जानकारी दिए । रूङ्गटाका अनुसार उद्योगले १० लिटरको १ हजार ४०० रुपैयाँमा बेच्ने भटमास तेलको मूल्य अहिले १ हजार ९०० रुपैयाँसम्म पुगेको छ । आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले समाचार  लेखेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij