Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति छ ?

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति कति छ ?

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

    images
    images
    images

    सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डसँग भरतपुरमा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ । त्यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । त्यो पनि पत्नीकै नाममा रहेको छ ।

    साथै, प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ । प्रचण्डसँग २५ लाख नगद मौज्दात रहेको छ । र, उनीसँग ऋण, सवारी साधन, कृषि तथा पशुधन छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij