Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

पर्यटकलाई दु:ख दिने सात जना पक्राउ

पर्यटकलाई दु:ख दिने सात जना पक्राउ

  • काठमाडौं ।  पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई दु:ख दिने ७ जना पक्राउ परेका छन् । आफू अनुकूलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर विक, पोखरा–९ बस्ने २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी, २० वर्षीय लक्ष्मण सिंह, २२ वर्षीय विकाश श्रेष्ठ र २८ वर्षीय साजन परियार छन् ।

    images

    पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक बसपार्क एरियामा लागू  औषधजन्य पदार्थको सेवन गरी होहल्ला गरेर पर्यटक तथा स्थानीयहरुलाई  दुःख हैरानी दिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलि तथा अस्थायी प्रहरी बिट पृथ्वीचोकबाट खटिएको प्रहरीको टोलीले हिजो ७ जनालाई पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij