
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । छिमेकी राष्ट्र भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गरी सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले जारी गरेको सूचनामा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्न लागिएको उल्लेख छ । फेब्रुअरी १७ मा सम्पन्न दुई देशीय सीमा अधिकारीहरुको बैठकमा निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij