Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सर्वोच्च पुगे उपेन्द्र यादव, प्रधानमन्त्री ‘प्रचण्ड’को विश्वासको मत रोक्न

सर्वोच्च पुगे उपेन्द्र यादव, प्रधानमन्त्री ‘प्रचण्ड’को विश्वासको मत रोक्न

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने भनिएको विश्वासको मत रोक्न माग गर्दैउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

    images
    images
    images

    यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट लिएर पुगेका हुन् । यादवको रिट सर्वोच्च आइपुगेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । सर्वोच्चका अनुसार जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकले त्यसलाई रोक्न रिटमा माग गरेका छन् ।

    यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको र उनीहरू जसपा नेपाल र जसपा दुबैको सांसद नभएको जिकिरसहित उनीहरूले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि उनले संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij