
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रहरी कार्यालयहरूमा आकर्षक लाइब्रेरीहरू बन्न थालेका छन् । प्रहरी मात्र नभई सेवाग्राहीलाई समेत सुविधा दिने गरी लाइब्रेरी बनिरहेका छन् ।
पछिल्लोपटक जिल्ला प्रहरी कार्यालय, उदयपुरको कार्यालयपरिसरमा लाइब्रेरी क्याफे सञ्चालनमा आएको छ । सहरी क्षेत्रमा लोकप्रिय बनेको लाइब्रेरी क्याफेको शैली पछ्याउँदै प्रहरी कार्यालयमै यस्तो चिटिक्कको क्याफे सञ्चालनमा आएको हो । गत २८ वैशाखमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सो लाइब्रेरी क्याफेको उद्घाटन गरेका हुन् ।
पठन संस्कृति बढाउने उद्देश्यले लाइब्रेरी स्थापना गरिएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी गराए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij