Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

यो साताको नेप्से झिनो अंकले बढेसँगै बन्द भयो !

यो साताको नेप्से झिनो अंकले बढेसँगै बन्द भयो !

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से झिनो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ० दशमलव ७९ अंकले बढेर २०१८ दशमलव ७६को विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आज ३१५ कम्पनीका ५७ हजार २ सय १८ कम्पनीका ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४ सय ३ रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २७ अंकले बढेर ३५८ दशमलव ३७ को विन्दुमा पुगेको छ । बिहीबार माइक्रोफाइनान्स कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन् भने कर्पोरेट डिभेन्चरको कारोबार सबैभन्दा कम भएको छ ।

    आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ ।

    यस दिन अन्य उपसमूहको परिसूचक भने सामान्य बढेको छ । यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij