Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

पासोमा झुन्डाइएको डेढ वर्षिय बालिका सकुसल !

पासोमा झुन्डाइएको डेढ वर्षिय बालिका सकुसल !

  • काठमाडौं । डेढ वर्षकी छोरीलाई पासोमा झुन्ड्याएर मार्न खोजेको आरोपमा रुकुम पश्चिमबाट एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका-१४ लोरिबाङकी २१ वर्षीया नन्दकली विष्टलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

    images
    images
    images

    मंगलबार पक्राउ परेकी विष्टलाई अदालतबाट म्याथ थप गरेर घटनाको अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । 

    images

    नन्दकलीले आफ्नी डेढ वर्षकी छोरी टीकालाई मंगबार बिहान आफू सुत्ने कोठामा सलले झुन्ड्याएर मार्न लागेको भिडिओ बनाएकी थिइन् । छोरीलाई पासोमा झुन्ड्याएको भिडिओ उनले दुबईमा रहेका आफ्ना श्रीमानलाई पठाएपछि घटना सार्वजनिक भएको हो । 

    छोरीलाई पासोमा झुन्ड्याएको भिडिओ देखेपछि नन्दकलीका श्रीमानले विदेशबाट तुरुन्तै घरका अन्य सदस्य र छरछिमेकलाई खबर गरेपछि बालिका मर्नबाट जोगिएकी आफन्तले बताएका छन् । 

    तुरुन्तै नन्दकलीको कोठामा पुगेका आफन्त र छिमेकीले पासो लगाएकै अवस्थामा बालिकाको उद्धार गरेका थिए । उद्धारपछि बालिकालाई जिल्ला अस्पताल सल्लेमा उपचार गरिएको थियो । ‘अहिले बालिका डिस्चार्ज भइसकेकी छन्,’ इन्सपेक्टर खड्काले जानकारी दिए ।  

    images

    आफन्तको उजुरीको आधारमा पक्राउ परेकी नन्दकली अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij