
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सुकेधारामा मृत अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छ ।
मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
मंगलबार बिहान सुकेधारा चोक नजिकैको नालामा ती युवक मृत अवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij