Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

नेपाल बीमा प्राधिकरण आजबाट ५६औं वर्षमा प्रवेश

नेपाल बीमा प्राधिकरण आजबाट ५६औं वर्षमा प्रवेश

  • काठमाडौं ।  नेपाल बीमा प्राधिकरण आजबाट ५६औं वर्षमा प्रवेश गरेको छ । ५६ औं वार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

    images
    images
    images

    साथै, नेपालको अर्थतन्त्रको विकास र समृद्धिमा प्राधिकरणले खेल्ने भूमिकालाई प्रभावकारी बनाउने तथा  बीमा क्षेत्रको विकाससँगै स्थानीय तहसम्म बीमाको पहुँच विस्तार भएको, न्यून आय भएका गरिब जनतालाई बीमाको पहुँच पुर्याउने प्रतिबद्धता जनाएका छन् । 

    वार्षिकोत्सवको अवसरमा जारी शुभकामना तथा प्रतिबद्धता सन्देशमा प्रभावकारी बीमा नियमनद्वारा बिमितको हित रक्षाको लागि काम गर्ने उल्लेख छ ।

    विसं २०२६ साल जेठ १ गते स्थापना भएको तत्कालिन बीमा समिति २०७८ साल कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन अनुसार नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij