Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सल्यानमा दम्पती मृत फेला

सल्यानमा दम्पती मृत फेला

  • काठमाडौं । एक दम्पती सल्यान बनगाड कुपिण्डे नगरपालिका–४, देउलीमा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३४ बर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार आइतबारको उक्त घटना श्रीमाले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको छ । मनोज झुण्डिएको अवस्थामा फेला परेको कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनले बताए । 

    स्थानीयको भनाइ अनुसार मनोजको मानसिक अवस्था राम्रो थिएन । यद्यपि घटनाको विषयमा थप विवरण भने आउन बाँकी छ । कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij