
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् । अत्याधुनिक शौचालयमा स्वचालित फल्स, सेन्सरजडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरूको सुविधा रहेको छ ।
मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताएका छन् । उनले शुल्कबाट सञ्चालित हुने शौचालय ललितपुरका मंगलबजार, पाटनढोका र जावलाखेलमा बनाएको उनले बताए ।
शौचालय बनाएपछि त्यसको वरिपरी दुर्गन्ध हुन्छ भन्ने धारणालाई आफुहरुले चिरेको बताउदै अब थप शौचालय बनाउदा यस्तो कुरा नआउने बताए । यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताए । स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुबिधा उपलब्ध रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij