Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना पक्राउ

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना पक्राउ

  •  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौं थली बस्ने २३ वर्षीय रोशन रानाभाटलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । वैशाख २६ गते बिहान चलेको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्नपत्र आउट गरेको आरोप छ ।

    प्रश्नपत्र आउट गरी काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij