Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश शर्माको एकल इजलासमा

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश शर्माको एकल इजलासमा

  • काठमाडौं । आजलाई गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी तोकिएको छ । यो रिट न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

    images
    images
    images

    प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरित रहेको भन्दै कांग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा उनले सरकारले पाएको विश्वासको मत संबिधान विपरित भएको भन्दा ठुलो दलको हैसियतमा आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्न समेत माग गरेका छन् ।

    गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका थिए ।

    संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij