Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

३ सय ४६ वर्ष पुरानाे थँथु दरबारकाे शिलान्यास

३ सय ४६ वर्ष पुरानाे थँथु दरबारकाे शिलान्यास

  • काठमाण्डाै – भक्तपुर दरबार क्षेत्रमा रहेको भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थँथु दरबारको शिलान्यास भएको छ ।

    images
    images
    images

    नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सोमवार एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन तीन सय ४६ वर्ष पुरानो थँथु दरबारको शिलान्यास गर्नुभएको हो ।

    images

    शिलान्यास कार्यक्रममा बोल्दै उहाँले भक्तपुर दरबार क्षेत्रमा रहेको ९९ चोक उत्खननको विषयलाई निरन्तरता दिँदै लानुपर्नेमा जोड दिँदै पुराना संरचनाहरू बलियो भए पनि धेरै वर्ष पुरानो हुँदा स–साना भूकम्पले पनि क्षति पुर्‍याउनेतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा थँथु दरबार पुनर्निर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सम्पदा पुनर्निर्माणमा मौलिक स्वरूप कायम गर्न स्थानीयबाट गठित उपभोक्ता समितिलाई नै पुनर्निर्माणको जिम्मेवारी दिने कानुन निर्माण हुनु आवश्यक भएको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij