Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

टी–२० विश्वकप : अहिलेसम्म १३ वटा देशकाे टाेली घाेषणा, पाकिस्तानसहित ७ देशकाे अझै टुङ्गाे लागेन

टी–२० विश्वकप : अहिलेसम्म १३ वटा देशकाे टाेली घाेषणा, पाकिस्तानसहित ७ देशकाे अझै टुङ्गाे लागेन

  • काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जानकारी दिएको छ ।

    images
    images
    images

    यस्तै नेपालले रोहितकुमार पौडेल, भारतले रोहित शर्मा, पूर्वविजेता इङ्ग्ल्यान्डले जोस बटलर, दक्षिण अफ्रिकाले एडन मार्करमको कप्तानीमा टोली घोषणा गरेको छ ।  यसैगरी अफगानिस्तानले राशिद खान, अस्ट्रेलियाले मिचेल मार्श, क्यानडाले साद बिन जफर, ओमानले अकिब इलियास, स्कटल्यान्डले रिची बेरिङटन, युगान्डाले ब्रेन मसाबा, अमेरिकाले मोनान्क पटेल र वेस्ट इन्डिजले रवमान पावेलको कप्तानीमा टोली घोषणा गरेको छ ।

    टी–२० विश्वकपको समूह ‘ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्ग्ल्यान्ड छन् । समूह ‘सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् । यस्तै समूह ‘डी’ मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्ग्लादेश छन् । जुन १ मा उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij