Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

दैलेख बजारमा आगलागी

दैलेख बजारमा आगलागी

  • काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । विद्युत सर्ट भई नारायण नगरपालिका-१ स्थित साजन मोटर साईकल ग्यारेजबाट आगो सल्किएको हो । आगो लागेर मोटर ग्यारेज र सँगै जोडिएको सम्झना फोटो स्टुडियो जलेर नष्ट भएका छन् ।

    images
    images
    images

    नेपाली सेना,नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगो निभ्याउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब प्रहरी उपरिक्षक सुनिल दाहाले बताए । आगो लागेको आधा घण्टापछि दमकल आगो ठाउँमा पुगेको थियो । समयमै दमकल पुगेको भए,स समान बचाउन सकिने स्थानीयबासी बताउँछन् ।

    अहिले आगो नियन्त्रण लिने काम भएपनि नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा आई नसकेकोले क्षतिको विवरण आउन नसकेको प्रहरीको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij