Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो प्रशिक्षण

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो प्रशिक्षण

  • काठमाडौं । खेलले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्ने भएकाले शिक्षित अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको अभ्यास गर्न पठाउने गरेका छन् । 

    images
    images
    images

    दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरु तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् । रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरु उफ्रिरहेका हुन्छन् । 

    images

    उनले हाल २० वर्षमुनिका ५० जनाभन्दा बढी बालबालिकालाई दिनुहुँ निःशुल्क तेक्वान्दो सिकाइरहेका छन् ।खेलबाट आफ्नो आत्मारक्षा आफैँले गर्न सक्ने क्षमताको विकास हुने बुझाई जनमानसमा विस्तार हुँदै गएकाले पछिल्लो समय तेक्वान्दो अभ्यासमा बालिका र किशोरीको उल्लेखनीय सहभागिता देखिन थालेको छ ।

     कमलामाई नगरपालिका-४ धुराफाँटकी तुलसा श्रेष्ठ यो अभ्यासमा दुई वर्षअघिदेखि नियमित सामेल छिन् । बिहान सबेरै घरमा मनतातो पानी पिएर तेक्वान्दो खेल अभ्यासमा निस्किन्छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij