Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

सामूहिक बलात्कार पीडितलाई ८ वर्षपछि न्याय

सामूहिक बलात्कार पीडितलाई ८ वर्षपछि न्याय

  • धाक–धम्की दिए, घेराबन्दीमा पारे र सामूहिक बलात्कार गरे।२०७१ साल असार ६ गते साँझ पोखरा १५,शिवशक्ति टोल नजिकको क्रान्तिकारी टोल नजिकै ४२ वर्षीया महिलालाई ४ पुरुषले बाटो छेके।

    images
    images
    images

    Arrest-thagi.jpgपीडत महिलाको जाहेरीको आधारमा मुद्दा अगाडि बढ्यो।

    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार कास्की जिल्ला अदालतले २०७९ सालको असोज २३ गते ती चारै जनाविरुद्ध ११ वर्ष कैद, २५ हजार जरिवाना र पीडित राहत कोषमा २ हजार २ सय रुपैयाँ जम्मा गर्ने फैसला गर्यो। पीडकहरू फरार भए।

    फैसला कार्यान्वयनको क्रममा कास्की प्रहरीले अपराधीहरूमध्ये एकजनालाई आइतबार बिहान पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ७ स्थायी घर भइ हाल पोखरा महानगरपालिका १५, क्रान्तिटोल बस्ने ३७ वर्षीय पूर्णबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ।

    images

    बाँकी तीनजना भने अझै फरार नै छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij