Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपाल आए इन्डोनेसियन नेसनल प्रहरीका प्रमुख

नेपाल आए इन्डोनेसियन नेसनल प्रहरीका प्रमुख

  • काठमाडौं । इन्डोनेसियन नेसनल प्रहरीका हेड अफ इन्टरनेसनल रिलेसन्स् डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्ति पाँच दिने भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । ६ सदस्यीय टोलीको नेतृत्व गरी आएका मूर्तिको टोलीलाई प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका  प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरेका थिए । 

    images
    images
    images

    मंगलबार राति आइपुगेको भ्रमण टोलीले नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानको अवलोकन गर्नेछ । 

    प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालका अनुसार मूर्तिको टोलीको भ्रमण विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत रहने छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij