Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

आजदेखि एमाले बर्दियाको अधिवेशन

आजदेखि एमाले बर्दियाको अधिवेशन

  • काठमाडौं । आजदेखि नेकपा (एमाले) बर्दियाको १० औं अधिवेशन शुरू हुने भएको छ । आज र भोलि हुने अधिवेशनको तयारीका विषयमा पत्रकार सम्मेलन गर्दै एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले अधिवेशनको तयारी पूरा भएको बताए । 

    images
    images
    images

    गर्मीको समय भएका कारणले हरेक नगरपालिकाबाट प्रतिनिधिमूलक रुपमा कार्यकर्ता ल्याउने योजना रहेको बताउँदै उनले बढीमा तीन हजार पाँच सय को हाराहारीमा मात्र अधिवेशनको खुलासत्रका सहभागी हुने जानकारी दिए । 

    images

    अधिवेशनको बन्दसत्रमा १६४ जना प्रतिनिधि रहनेछन् । आवश्यक देखिएमा जिल्ला कमिटीले ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न सक्ने अध्यक्ष श्रेष्ठले बताए । नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनले पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

    गुलरियाको कृष्णसार रिसोर्टमा हुने कार्यक्रममा हलमा मञ्च व्यवस्थापन गरिएको छ । हलमा नअटाएका सहभागीलाई रिसोर्टको प्राङ्गणमा बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij