Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

ललितपुरको टिकाथली र काठमाडौंको चावहीलमा चोरी

ललितपुरको टिकाथली र काठमाडौंको चावहीलमा चोरी

  • काठमाडौं । ललितपुरको टिकाथली र काठमाडौंको चावहीलमा चोरी भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली सिदार्थ टोल बस्ने ४० वर्षीय सानो लामाको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर नगद २० हजार रूपैयाँ तथा सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ९९ हजार ५ सय रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

    images

    साथै काठमाडौं महानगरपालिका-७ चावहिल शान्तिगोरेटो डेरा गरी बस्ने दोलखा कालिन्चोक गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सरस्वती खड्काको कोठाबाट ढोकाको ताला फोडेर नगद ५० हजार रूपैयाँ र सुनको विभिन्न गहना गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij