
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१ बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेको प्रहरीले जनाएको छ ।आइतबार बेलुका कर्णाली प्रदेश ०२–००१ क ०१२९ नम्बरको स्काभेटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोट जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुखअर्जुन केसीले बताए ।
‘सह–चालक रिजालको घटनास्थलमै मृत्यु भएको छ ।’ उनले भने,‘चालक कैलालीको चुरे गाउँपालिका–५ का २८ वर्षीया हिक्मत रोकामगर गम्भीर घाइते छन् ।’
छातीदेखि दहिखोलातर्फ जादै गरेको स्काईभेटर अनियन्त्रित भई सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।घाइते चालक रोकामगरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij