
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गणेश दत्त बडु, आयुष बडु, दिनेश खरेल, भरत राज खरेल, भारत महाराष्ट्र सांगली आटपाहीका अमोल विभुते र २ जना किशोर रहेका छन् ।
अवैध सुनको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली समेतको कसूरमा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij