
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक ओरालो लागेको छ ।
आइतबार १२ अंकले बढेको नेप्से सोमबार १५.४१ अंकले घटेर १९६९.०२ विन्दुमा पुगेको छ । आज ५६ लाख ५६ हजार २ सय ८२ कित्ता सेयर बिक्री हुँदा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
साथै, ४९ कम्पनीको सेयर मूल्य बढे पनि १८६ कम्पनीको घटेको छ। १० वटाको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
सोमबार सामूहिक लगानी कोषबाहेक सबै समूहको सूचक राताम्य रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij