Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

  • विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष९आव०को छ महिनाको अवधिमा कुल रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको छ ।

    images
    images
    images

    गएको वर्षमा कार्यालयले सो अवधिमा रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आवमा सो अवधिमा गएको वर्षभन्दा रु ३७ करोड ४४ लाख ३४ हजारले बढी राजस्व सङ्कलन गर्न सफल भए पनि चालु आवमा लक्ष्य हासिल गर्न रु दुई करोड ५५ लाख ५४ हजार अपुग रहनुको कारण अन्तःशुल्कमा कमी आएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो ।

    गत वर्षमा सोही अवधिमा कार्यालयले रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजस्व सङ्कल गर्ने लक्ष्यमा रु ९८ करोड १० लाख ४६ हजार कम राजस्व सङ्कलन भएको थियो । आव २०७५÷७६ मा कार्यालयले सो अवधिमा रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार, आव २०७४÷७५ मा सो अवधिमा रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजस्व सङ्कलन भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij