Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

मूल्य अभिवृद्धि कर र आयकरमा सुधार

  • विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्ष९आव०को छ महिनाको अवधिमा कुल रु तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु तीन अर्व ९१ करोड ५२ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यभन्दा रु दुई करोड ५५ लाख ५४ हजारले कम राजस्व सङ्कलन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएको वर्षमा कार्यालयले सो अवधिमा रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आवमा सो अवधिमा गएको वर्षभन्दा रु ३७ करोड ४४ लाख ३४ हजारले बढी राजस्व सङ्कलन गर्न सफल भए पनि चालु आवमा लक्ष्य हासिल गर्न रु दुई करोड ५५ लाख ५४ हजार अपुग रहनुको कारण अन्तःशुल्कमा कमी आएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिनुभयो ।

    AGNI GROUP

    गत वर्षमा सोही अवधिमा कार्यालयले रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजस्व सङ्कल गर्ने लक्ष्यमा रु ९८ करोड १० लाख ४६ हजार कम राजस्व सङ्कलन भएको थियो । आव २०७५÷७६ मा कार्यालयले सो अवधिमा रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार, आव २०७४÷७५ मा सो अवधिमा रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजस्व सङ्कलन भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij