
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ ।
सभामुख कृष्णप्रसाद धितालले अर्को सूचना नआउँदा सम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका हुन् । प्रदेशसभा बैठकमा सभामुख धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले संसद् बैठक आह्वानको सूचना पढेर सुनाए ।
यसअघि कांग्रेसले संविधानको भावनाविपरीत मुख्यमन्त्री खगराज अधिकारी नियुक्त भएको र कामचलाउ सरकारले अधिवेशन बोलाएको भन्दै बैठक बहिष्कार गर्ने भन्दै सभामुख धिताललाई जानकारी गराएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij