
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवक मृत अवस्थामा फेला परेका छन् । सामुद्रिक खाना शंखजन्य जीव(सेलफिस) खोज्ने क्रममा गत चैत २४ गतेदेखि समुद्रमा बेपत्ता भएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङ मृत अवस्थामा फेला परेका हुन् ।
मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा उनीसँगै समुद्रमा डुबेर धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको मृत्यु भएको थियो ।
सोही स्थानका तामाङ बेपत्ता भएका थिए । बेपत्तामध्ये धनबहादुरको शव उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । तर, टेकबहादुरको शव भेटिएको थिएन ।
धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोएसिया आएका टेकबहादुर महिना दिन अघि मात्रै पोर्चुगल आएका थिए ।
दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij