
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । दिउँसो १ बजे प्रदेश सभामा लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन् ।
८७ सदस्यीय प्रदेश सभामा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएक थिए ।
प्रदेशमा सहकार्य गरेको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मन्त्री नपाउने भए विश्वासको मत दिन नसकिने शर्त राखेका छन् । यसअघि नै महराले चार सदस्यीय सानो आकारको मन्त्रिमण्डल बनाइसकेका छन् ।
४ सांसद रहेको नाउपा, ३ सांसद रहेको जसपा, १ सांसद रहेको एकीकृत समाजवादी र स्वतन्त्रका सांसदको मत नपाए माओवादी र एमालेका सांसदले मात्र बहुमत पुग्दैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij