Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

बुद्धको आँगनमा चक्र विज्ञान ध्यानीका लश्कर

बुद्धको आँगनमा चक्र विज्ञान ध्यानीका लश्कर

  • लुम्बिनी । जीवन विज्ञान आध्यामिक संस्थाले आयोजना गरेको चक्र विज्ञान सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा करिब ६ हजारले सामूहिक ध्यानमा सहभागी भएका थिए । एक साता संचालन भएको चक्र विज्ञान ध्यानमा देशभर र विदेशबाट समेत सहभागिता जनाएको थियो । उक्त कार्यक्रम विश्वमै पहिलोपटक भएको बताइएको छ । चैत्र १७ गते प्रारम्भ भएको चक्र विज्ञान ध्यान २३ गते समापन भएको थियो । 

    जीवन विज्ञानका संस्थापक रमेश नेपालका अनुसार साताव्यापी विराट चक्र विज्ञानमा भएको ध्यानमा करिब ६ हजारको संख्यामा सहभागिता थियो । मानव कल्याणका लागि यो ध्यानले सात चक्र जगाएर हरकोहीले जीवनलाई चाहे जस्तो बनाउने सकिने चक्र विज्ञानको लक्ष्य हो । 

    तनहुँ बेलचौताराबाट आएकी खीमकुमारी बाटाजुले चक्र विज्ञान ध्यानमा सहभागी हुन पाउँदा अद्भूत खुशी मिलेको बताइन् । उनले भनिन्, ‘यस्तो विशेष र दुर्लभ सम्मेलनको प्रत्यक्ष साक्षी हुँदै ध्यानमा रमाउन पाउँदा निकै हर्षित छु ।'

    435362321_823672016471376_2445580682077166399_n.jpg 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij