
Jul 29 2025 | २०८२, साउन १३ गते
काठमाडौं । सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा कर्फ्यू आदेश जारी गरेको छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए ।
यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधादेश जारी गरिएको थियो । जिल्लाको भुटाहामा दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि भुटाहामा अवस्था नियन्त्रण बाहिर गएको छ । भुटाहामा बिहीबार हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेको थियो । घाइते जीवन मेहता धरानमा उपचाररत छन् ।
उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको बिरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij