
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरीले महानगरपालिका स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध जिल्ला साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको प्रहरीले जनाएको छ । पौडेलविरुद्ध जाहेरी परेपछि प्रहरीले केही दिनअघि पक्राउ गरेर बयान लिएको थियो । उनलाई हाजिरी जमानीमा छाडिएको थियो । मेयर बालेनले पौडेललाई निलम्बन गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij