
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij