
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । काठमाडौंमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौं महानगरपालिका-३१ स्थित भत्केको पुलमुनि ५५ वर्षीय पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । मृत पुरुषको सनाखत गर्ने प्रयास भइरहेको छ । पुरुषको शरीरमा घाउ, चोटपटक नदेखिएको एसपी अधिकारीले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij