
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए ।
मृत्यु हुनेमा ट्याक्सी चालक अर्जुन शिर्मल, हरिमाया रोकाय, जुनकिरी रोकाय, अन्जना रोकाय र आगमन नगरकोटी छन् । दिवस रोकाय भने बेपत्ता छन् । पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ। ठुलोबुबाको पशुपतिमा दाहासंकार गरेर गोरखा फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।
तस्वीर सौजन्य : मुग्लिन बजार
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij