Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

पाल्पामा युवतीको हत्या

पाल्पामा युवतीको हत्या

  • काठमाडौं । पाल्पा रिब्दिकोट गाउँपालिका-१ मा एक युवतीको हत्या भएको छ । स्थानीय पद्‌मा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    images
    images
    images

    १९ वर्षीय सुनारलाई  मङ्गलवार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा  सोही वडाको लप्सीखोला बस्ने सागर भनिने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । एक आपसमा झगडा भएपछि युवतीले प्रतिकार गर्दा सार्कीले हँसिया प्रहार गरी उनको हत्या गरेको  पाल्पा जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए ।  

    images

    चन्दले उनीहरूबिच के विषयमा विवाद भएको भन्ने अझै नखुलेको बताए। सुनार मंगलबार खोलामा नुहाउन र कपडा धुन गएका बेला आक्रमण भएको उनकाे भनाइ छ । पद्‌मा टाउको  र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन् । 

    उनी स्थानीय शारदा मावि कक्षा १२ मा पढ्ने विद्यार्थी हुन् । प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij