Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

कर्णालीमा हाम फालेका युवकको शव भेटियो

कर्णालीमा हाम फालेका युवकको शव भेटियो

  • काठमाडौं । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

    images
    images
    images

    सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका- ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए । चार दिनदेखि बेपत्ता रहेका शाहीको शव  बिहीवार टीकापुरको सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले बताए ।

    images

    सोमबार दिउँसो कर्णाली पुलबाट १७ जना युवाले पालैपालो नदीमा हाम फालेका थिए । जोसमा नदिमा हाम फालेका १७ जना मध्ये १६ जना बल्लतल्ल बाँचेर नदीबाट निस्किएका थिए तर ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए । बेपत्ता लोकेन्द्रको शव ४ दिनपछि भेटिएको हो । लोकेन्द्रसँगै नदीमा हाम फालेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij