
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सिटिजन्स बैंक र जोरपाटीको शंखरापुर हस्पिटलबीच बैंकका हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकले शंखरापुर हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij