
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मधेस प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले थप दुई मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले यादवलाई गृह, संचार तथा कानून मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।
एमाले संसदीय दलका नेता यादव सोमबार मन्त्री नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
नयाँ सत्ता समीकरण अनुसार एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij