
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सरकारी निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन २४ गते राति प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफू सुतिरहेको बेलामा अज्ञात समूहले आगजनी गरेको भन्दै नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेका थिए ।
प्रहरीको टोली अधिकारी बस्ने घरमा पुग्दा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो । घटनामा अन्य व्यक्ति संलग्नमा छ कि छैन भनेर अनुसन्धान गर्दा कसैको संलग्नता नरहेको पाइएको थियो ।
सरकारी निवासमा अधिकारीले नै आगो लगाएको हुनसक्ने आशंकामा गाउँपालिकाले नै जाहेरी दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij