
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । विश्वकप टी–२० क्रिकेटको तयारी स्वरुप हङकङ भ्रमणमा गएको राष्ट्रिय नेपाली टोली स्वदेश फर्किएको छ ।
नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले नेपाली टोलीलाई शुक्रबार त्रिभुवन विमानस्थलमा स्वगत गरेका हुन् । मार्च ९ मा हङकङमा नेपाल घरेलु टोलीसँग एक खेलको फ्रेण्डसीप कपकम पराजित भएको थियो ।
मार्च १० मा त्रिदेशीय टी–२० सिरिजको हङकङ र नेपालबीचको पहिलो खेल वर्षाको कारण रद्द हुँदा दुवै टोलीले १–१ अंक पाएको थियो ।
१२ मार्चमा पपुवा न्यूगिनी (पीएनजी)ले हङकङ र नेपालसँग प्रतिस्पर्धा गरेको थियो । पहिलो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो । दोस्रो खेलमा घरेलु टोलीलाई हराउँदै पीएनजी फाइनल पुगेको थियो ।
फाइनलमा भने नेपाल पीएनजीसँग पराजित भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij