
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका हुन् । यसअघि जाँचबुझ आयोगले विहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सरकारको मुख्य नारा सुशासन हो । त्यसैले तेरो–मेरो भन्ने कुरा छैन, कानुनी रुपमा दोषी देखिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुस् भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij