
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । प्रहरीले लागु औषध खैरो हेरोइन कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-१० सातदोबाटोबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर महानगर-२४ धापाखेल बस्ने ३६ वर्षीय अनिल गिरी रहेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए । लागु औषधको कारोबार भइरहेको भन्ने सूचना पाएर खटिएको कार्यालयको टोलीले उनीबाट ४० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त सातदोबाटोमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij