
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । गण्डकी प्रदेश सरकारबाट पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की अध्यक्ष कमला गिरी उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मानित भएकी छन् ।
शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले टेवानकी अध्यक्ष गिरीलाई पर्यटन विधातर्फ उत्कृष्ट महिला व्यवसायीका रूपमा पचास हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै पर्यटन क्षेत्रका महिलाहरूको हक, अधिकार र क्षमता अभिवृद्धि गर्नुका साथै सामाजिक रूपान्तरणमा पनि योगदान गरेको भन्दै गण्डकी प्रदेश सरकारले गिरीलाई सम्मान गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij