
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । ओली प्रचण्डलाई भेट्न आइतवार बिहान बालुवाटार पुगेका हुन् ।
भेटमा समसामयिक राजनीतिका साथै शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।
‘मुख्यगरी टीआरसी विधेयकलाई टुंग्याउने विषयमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो,’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘उहाँहरूबीच २० मिनेटजति कुराकानी भएको छ । प्रधानमन्त्रीले टीआरसी विधेयकलाई टुंग्याउने विषयमा पछिल्लो समय प्राथमिकतामा राख्नुभएको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij