
Sep 06 2025 | २०८२, भदौ २१ गते
काठमाडौं । माछा मार्ने क्रममा पोखराको सेती नदीमा बेपत्ता भएका सार्की लामा तामाङको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की का अनुसार फागुन १३ गते सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका ४५ वर्षीय तामाङको शव शुक्रबार बिहान भेटिएको जनाएको छ ।
तामाङको शव पोखरा महानगरपालिका-१५ पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको हो । यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले तामाङको खोजी गरेका थिए । तर, नभेटिएपछि बिहीबार नदीको बाँध खोलेर पनि खोजिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij