Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

वीरगन्जमा निषेधाज्ञा राति १० बजेसम्मका लागि हटाइयो

वीरगन्जमा निषेधाज्ञा राति १० बजेसम्मका लागि हटाइयो

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले दुई पक्षबीचको झडपलाई दृष्टिगत गरी वीरगन्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा बुधबार राति १० बजेसम्मका लागि हटाएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा बुधबार बिहान ६ देखि राति १० बजेसम्मका लागि खुला गरेको हो ।

    सर्वसाधारणको सहजताका लागि निषेधाज्ञा हटाइएको र अवस्थाको आङ्कलन गरी निषेधज्ञा थप खुकुलो बनाउँदै जाने नीति लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

    आर्थिक नगरीका वीरगञ्जको दैनिकीलाई प्रभाव नपरोस् भनेर निषेधाज्ञा खुला गरेको उनको भनाइ छ ।

    रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij