
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २५ निर्णय सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी हुन् ।
मन्त्रिपरिषद् बैठकले तीनै तहका सरकारबीच रोयल्टी बाँडफाँटका आधारसहितका अनुसूचीहरू स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहहरूलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निर्णय भएको शर्माले जानकारी दिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij